३१ जेठ २०८३, आइतबार

मध्यराति टिकटकमा ‘एक्लै छु, मेरो घर आऊ’ भन्दै साथीलाई बोलाउने महिला पक्राउ

साउन १२, २०७९
मध्यराति टिकटकमा ‘एक्लै छु, मेरो घर आऊ’ भन्दै साथीलाई बोलाउने महिला पक्राउ
प्रतिकात्मक तस्वीर

हिजोआज टिकटकमा रमाउने धेरै छन्, तर त्यही टिकटकमा भिडियो बनाएर भाइरल हुने एक महिला पक्राउ परेकी छन् ।

साउदी अरेबियाको प्रहरीले अश्लील भिडियो बनाएको आरोपमा महिला ताला साफवानलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा तालाले मध्यराति आफू एक्लै भएकाले घरमा आउन साथीलाई आग्रह गरेकी छन् ।

साथीले रातिको ३ः३० बजेको र आउन नसक्ने जवाफ दिएपछि तालाले भनेकी छन्, ‘यो त झन् राम्रो भयो, किनकि यतिबेला सबै सुतेका छन्, तिमी मेरो घरमा आएको कसैले थाहा पाउँदैनन्, मैले तिमीसँग के गरे भन्ने पनि थाहा पाउँदैनन्, हामीलाई कस्तो मजा आउला !’

भिडियो बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महिला साथीलाई नै अश्लील भिडियो पठाएपछि उनलाई समलैंगिकताको आरोपमा पक्राउ गरिएको छ । साउदीमा समलैंगिकता प्रतिबन्धित छ । 

salt training

कमेन्ट गर्नुहोस्