१५ असार २०८३, सोमबार

गाउँपालिकाका इन्जिनियर डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

गाउँपालिकाका इन्जिनियर डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीविरुद्ध ३ लाख ५६ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०७९ असार २४ गते मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले डाँगीले पक्राउ गरेको थियो ।

पक्राउ गरिएका उनको खानतलासी गर्दा उनीसँग बरामद भएको ३ लाख ५६ हजार रुपैयाँको वस्तुनिष्ठ स्रोत खुलाउन नसकेको अभियोग पत्रमा उल्लेख छ ।

उक्त रकम पनि सेवाग्राहीबाट नै लिएको उल्लेख गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्