०७ असार २०८३, आइतबार

परीक्षणको १४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

परीक्षणको १४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

पछिल्लो समय कोरोना संक्रमण दर तीव्र रूपमा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

बिहीवार ५ हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । बिहीवार २ हजार ५४१ नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५२४ र २ हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बिहीवार २१५ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ ।

बिहीवार ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्