१९ असार २०८३, शुक्रबार

घुस लिएको अभियोगमा इन्जिनीयरविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा इन्जिनीयरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गंगादेव गाउँपालिकका इन्जिनीयर नवन डाँगीविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ । 

आयोगका अनुसार शुरूमा ५० हजार रुपैयाँ बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप ३ लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ ।

आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्