
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा पोर्चुगलले क्रोएसियाविरुद्ध १-१ को बराबरी गरेको छ। खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
तर, ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काएका हुन्। यसअघि रोनाल्डोकै एक गोललाई 'भिएआर'ले अफसाइड घोषित गरेको थियो भने राफेल लियोको प्रहार पोलमा लागेर फर्किएको थियो।
टोरन्टोमा जारी यो खेल अहिले निकै रोमाञ्चक मोडमा छ र दुवै टोली दोस्रो गोलको खोजीमा छन्।