
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा चित्त नबुझे आगामी २७ गतेसम्म निवेदन दिन आह्वान गरेको छ ।
बोर्डले शुक्रवार एक सूचना जारी गरी साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेमा साउन २७ भित्र निवेदन दिन आग्रह गरेको हो ।
निवेदनका लागि ५ सय रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।