३१ जेठ २०८३, आइतबार

भारतको संसदमा महिला सांसदले काँचो भन्टा टोकेपछि...

साउन १६, २०७९
भारतको संसदमा महिला सांसदले काँचो भन्टा टोकेपछि...

भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । 

बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । 

कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्बन गरिएको अनि संसद्को कारवाही पटकपटक अवरोध भएको घटनापछि लोकसभामा मूल्यवृद्धिको बहस चलिरहेको छ । कांग्रेस सांसदहरूको निलम्बन पनि खारेज गरिएको छ । 

‘हामीले काँचै तरकारी खाऔं भन्ने सरकारको चाहना हो ?’ काकोली घोष दस्तीदारले संसदमा सोधिन् । खाना पकाउने ग्यास एकदमै महंगो भएको भन्ने सन्देश दिनका लागि उनले काँचो भन्टा टोकेकी हुन् । 

‘ग्यास सिलिन्डरको मूल्य केही महिनामा चार गुणा बढेको छ,’ उनले बताइन्, ‘६०० भारुमा पाइने सिलिन्डरलाई अहिले ११ सय भारु पर्न थालेको छ ।’

यसको मूल्य घटाउनुपर्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्