×

NMB BANK
NIC ASIA

सभामुखसँग बारको मागः प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाइयोस्

साउन १६, २०७९

NTC
Premier Steels

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अगाडि बढाउन आग्रह गरेका छन् । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अगुवाइमा सोमवार सभामुख सापकोटासँग ४५ मिनेट छलफल भएको थियो । 

Muktinath Bank

नेपाल बार एसोसिएसनकी महासचिव अन्जिता खनालले सभामुखसँगको भेटमा महाभियोग प्रस्ताव अगाडि नबढाइएकोमा चासो व्यक्त गरिएको बताएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल बारको यसअघिको कार्यसमितिले १७ बुँदे ज्ञापनपत्र दिइसकेको छ । महाअभियोगको प्रस्ताव अगाडि बढाउन त्यसमा नै पर्याप्त प्रमाण छ तै पनि कारबाहीको प्रक्रिया किन अगाडि बढेको छैन भनेर हामीले सभामुखज्यूको ध्यानाकर्षण गराएका थियौँ,’ महासचिव खनालले लोकान्तरसँग भनिन्, ‘त्यसबाहेक प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव घोषणा भए महाअभियोग प्रस्तावको के हुन्छ भन्ने विषयमा पनि उहाँको धारणा माग्यौँ ।’


Advertisment
Nabil box
Kumari

सभामुख सापकोटाले बजेट अधिवेशनमा व्यस्त भएकोले उक्त प्रस्ताव अघि नबढाएको बार पदाधिकारीलाई बताएका थिए । उनले अब छिट्टै उक्त महाभियोग प्रस्तावलाई निष्कर्षमा पु¥याइने जवाफ दिएको खनालले बताइन् । 

Vianet communication

‘संसद् बजेट अधिवेशनमा व्यस्त हुनुपरेकाले महाअभियोग प्रस्ताव सम्बन्धी अघि नबढेको उहाँले जानकारी दिनुभएको छ । महाअभियोगसम्बन्धी कार्यविधि बन्न नसकेकाले ढिलाइ भएको हो, अब तत्काल कार्यविधि बनाएर निष्कर्षमा पु¥याइने सभामुखज्यूले आश्वासन दिनुभयो,’ खनालले लोकान्तरसँग थपिन्, ‘तर, चुनाव घोषणा भएपछि के हुने भन्ने विषयमा उहाँले कुनै जवाफ दिनुभएन ।’

त्यसैगरी संसदमा बनेको कानूनहरू छिटो–छिटो संशोधन भइरहेको अवस्थाप्रति पनि बारले चासो राखेको थियो । ‘कानून सम्बन्धी विज्ञको अभावमा विधेयक बन्दा संसदबाट बन्ने कानून दीर्घकालीन नभएर तत्काल संशोधनमा गइरहेको हुनाले हामीले चासो राखेका थियौँ,’ महासचिव खनालले लोकान्तरसँग भनिन्, ‘जुनसुकै विषयको पनि संसद्ले मागे विज्ञ उपलब्ध गराएर सहयोग गर्न तयार रहेको कुरा हामीले बतायौँ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x