३० जेठ २०८३, शनिबार

पहिरोले बेसीशहर–चामे सडकखण्ड अवरुद्ध

पहिरोले बेसीशहर–चामे सडकखण्ड अवरुद्ध
प्रतिकात्मक तस्वीर

निरन्तरको वर्षासँगै आइतवार रातिदेखि आएको बाढीपहिरोले सडक बगाएपछि हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ ।

पहिरोले सडक बगाएपछि मनाङ प्रवेश गर्ने मेरुदण्डको बेसीशहर–चामे सडक अवरुद्ध भएको छ । 

बाढीपहिरोले लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा क्षति भएपछि बेसीशहर–चामे सडक अवरुद्ध भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका सबइन्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।

उनका अनुसार मस्र्याङ्दीको राम बजार, घोप्टेभिर र कोतोमा पहिरोले सडक बगाएपछि सोमवार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उनले बताए । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताए ।

सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन उनले जिल्लावासीलाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्