२२ असार २०८३, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जंगलबाट लागूऔषध (ब्राउन सुगर) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

बर्दिया जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी उनीहरूलाई आवश्यक अनुसन्धानका पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्