
सोमवार राति कास्कीको पोखरा र आसपासका केही स्थानमा भारी वर्षा भएको छ ।
सो क्षेत्रमा सोमवार राति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सो क्षेत्रका बासिन्दालाई मंगलवार बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
साना नदीमा आकस्मिक बहाव आउन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।