२३ असार २०८३, मंगलबार

नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी

नारायणी नदीमा सतर्कता तह नजिक पुग्यो बाढी

चितवन र नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । 

मंगलवार बिहान ६ बजेसम्ममा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षापछि नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभागको भनाइ छ । 

नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि)नजिक पुगेको विभागले जनाएको हो । 

विभागले सो क्षेत्र तथा आसपासका क्षेत्रमा मंगलवार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्