
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिएका छन् ।
मुख्यमन्त्री राईसहित उनको सचिवालयका केही सदस्यमा कोरोना संक्रमण देखिएको छ । मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक, राजनीतिक सल्लाहकार जीवन राईलाई संक्रमण पुष्टि भएको छ । सोमवार मुख्यन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू तथा सुरक्षाकर्मीलगायतको कोरोना संक्रमण परीक्षण गरिएको थियो । अन्यको भने रिपोर्ट ‘नेगेटिभ’ आएको बताइएको प्रेस सल्लाहकार पोखरेलले बताए ।
कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री राई सेल्फ आइसोलेसनमा बसेका छन् । हाललाई राजनीतिक भेटघाट स्थगित गरिएको छ । मुख्यमन्त्री राईसहित उनकी पत्नी पाठक र राजनीतिक सल्लाहकार राईको पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस सल्लाहकार पोखरेलले बताए ।