०४ असार २०८३, बिहीबार

बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध

बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध
फाइल तस्वीर

त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरा खाेलामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ ।  बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि संघीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् ।

बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ । हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौँडा, काठमाडौं मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ । मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्