०३ असार २०८३, बुधबार

रोइली नदीको बाढीले बगाउँदा एकजनाको मृत्यु अर्का एकजना बेपत्ता

रोइली नदीको बाढीले बगाउँदा एकजनाको मृत्यु अर्का एकजना बेपत्ता

कपिलवस्तुको कोइली नदीमा आएको बाढीले दुई जनालाई बगाएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ का दिलकुमार सुनार र उनकी पत्नी राममाया सुनारलाई नदी तर्ने क्रममा मंगलवार बिहान नदीले बगाएको हो । ३३ वर्षीया राममायाको शव १ किलोमिटर टाढा फेला परेको छ भने, ३६ वर्षका दिलकुमारको अझै बेपत्ता छन । 

उनीको साथमा रहेको रहेको बच्चाको सकुशल उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी जेसी शाहले बेपत्ताको खोजी भइरहेको जानकारी दिए । बाणगंगा नगरपालिकाको वडा नं. ९ पुग्ने कोइली नदीमा हरेक वर्षको बाढीले समस्या निम्ताउँदै आएको छ ।

दुई वर्ष अगाडि यही नदीले बगाउँदा तीन जनाको ज्यान गएको थियो । भने, तीन जना हाम फालेर बाँच्न सफल भएका थिए । यस क्षेत्रमा विगत तीन दिनदेखि निरन्तर वर्षाका कारण नदीनालामा बाढी आएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्