नेकपा माओवादी केन्द्रकी सांसद यसोदा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाएकी छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सुवेदीले विप्लव समूहसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएकी हुन् ।
‘सरकार र विप्लव समूहबीच वार्ता भई तीन बुँदे सहमति भएको थियो । अहिले फेरि नेताहरूमाथि वारेन्ट जारी गर्नेजस्तो काम भएको छ’ सुवेदीले प्रश्न गरिन, ‘सरकारले तीन बुँदे खारेज गरेको हो ? नेकपा फेरि विद्रोहमा जाओस् भन्ने चाहन्छ ?’
यसअघि जिल्ला अदालत ललितपुरले विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो । पूर्व माओवादी घटक दलले विप्लवलाई पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाएका छन् ।