१३ असार २०८३, शनिबार

सेती नदीमा पौडी खेल्ने क्रममा युवक वेपत्ता

कात्तिक २०, २०७४
सेती नदीमा पौडी खेल्ने क्रममा युवक वेपत्ता

पोखरा, १२ साउन - पोखरा लेखनाथ महानगरपालिका–१६ लामाचौरस्थित सेती नदीमा पौडी खेल्ने क्रममा आज अपराह्न १६ वर्षीय योगेश पुर्जालाई बगाएको छ ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैबीच महानगर–९ स्थित पृथ्वीचोकमा रहेको सस्तो बजारअगाडि सडक पेटीमा राखिएका पसल हटाउने क्रममा पसलेले ढुंगाप्रहार गर्दा महानगरपालिकामा कार्यरत प्रहरी सहायक निरीक्षक पुरुषोत्तम थापा घाइते भएकामा उनको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ढुंगा प्रहार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्