अमेरिकामा लगातार गोलीकाण्ड भइरहेको छ ।
राजधानी वाशिङटन डीसीमा आइतवार अबेर राति भीडमाथि गोली चलेको छ । गोली लागेका ६ जनामध्ये एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
आक्रमणकारीको बारेमा विस्तृत जानकारी उपलब्ध छैन ।
विगत १२ घन्टामा गोली चलेको यो छैटौं घटना हो । ती ६ घटनामा ११ जनामाथि गोली हानिएको छ ।