२३ जेठ २०८३, शनिबार

सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली भेला

सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली भेला

पूर्वसञ्चारकर्मी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलवार कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेको छ । कर्णाली प्रदेश र जिल्ला समितिहरू गठन गर्न स्वतन्त्र पार्टीले सुर्खेतमा प्रदेशस्तरीय भेला आयोजना गरेको हो । 

‘यो अथाह मायालाई हामी न्याय गर्छौँ । आजको कर्णाली प्रदेश भेलामा सयौँ मानिसहरू धेरै भीड भएर फर्किन पनि पर्‍यो’, भेलापछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै हामीले प्रदेश र जिल्ला समितिहरू गठन गर्दैछौँ । संसारभरका सहयोगीहरूको साथले हामीले एउटा अस्पताल बनाएका थियौँ । अब सिंगो देशको स्वास्थ्य अवस्था सुधार्छौँ ।’ 

लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा हालै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । उनी संगठन विस्तार अभियानमा देशव्यापी दौडाहा निस्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्