
गोल्डेन ओक ब्लेन्डेड माल्टले हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । यसका लागि गोल्डेन ओकले विभिन्न शहरहरूमा ‘गोल्डेन ओक कमेडी यात्रा’ सञ्चालन गर्ने भएको छ । गोल्डेन ओकले आयोजना गर्ने कमेडी यात्रामा हास्यप्राप्त कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाललगायत सहभागी हुने छन् । उनीहरूले दर्शकहरूका लागि मनोरञ्जन र कमेडी प्रस्तुति दिने बताइएको छ ।
गोल्डेन ओकको कमेडी यात्रा झापाको विर्तामोडबाट शुरू हुने छ । यही साउन २० गते विर्तामोडमा, साउन २१ मा झापाकै दमक, २२ गते सुनसरीको इटहरी, २३ गते मोरङको विराटनगर, २४ गते सुनसरीको धरानमा हुने बताइएको छ ।