
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई घुससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पर्यटन व्यवसाय दर्ता गर्ने सम्बन्धमा सेवाग्राहीबाट घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो ।
उनको गाडीमा थप खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरिएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
