३० जेठ २०८३, शनिबार

बंगलादेशसँग बराबरीपछि पनि नेपालको फाइनल पुग्ने सम्भावना कायमै

बंगलादेशसँग बराबरीपछि पनि नेपालको फाइनल पुग्ने सम्भावना कायमै

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा बङ्गलादेशसँग बराबरी खेलेपछि पनि नेपालको फाइनलमा पुग्ने सम्भावना जिवितै रहेको छ । मंगलबार भएको खेलमा १–१ को बराबरी खेल्दै नेपालले ४ खेलमा ७ अङ्क जोड्दै दोस्रो स्थान बनाएको छ ।   बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । 

अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ । भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्