
गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ ।
गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए ।
हिमाली जिल्ला दोलखामा मजितो, चिराइतो, लोक्ता, धसिङ्गरेजस्ता विभिन्न प्रजातिका जडीबुटी सङ्कलन गरी निकासी गर्ने गर्दछ । वन कार्यालय प्रमुख कार्कीका अनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट ११ हजार दुई सय ३७ किलो र निजी वनबाट ६९ हजार पाँच सय सात किलो जडीबुटी सङ्कलन गरी जिल्ला बाहिर निकासी गरिएको हो ।