२५ असार २०८३, बिहीबार

अमेरिकी सभामुखको ताइवान भ्रमणले तनाव: रिसायो चीन, जनमुक्ति सेना अलर्ट

साउन १७, २०७९
अमेरिकी सभामुखको ताइवान भ्रमणले तनाव: रिसायो चीन, जनमुक्ति सेना अलर्ट

चीनको चेतावनीका बीच अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर तनाव उत्पन्न भएको छ । अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी हुन् । न्यान्सीको भ्रमणपछि चीन अमेरिकासँग चिढिएको छ । यस्तै चीनले अमेरिकाले ठूलो मूल्य चुकाउने चेतावनी समेत दिएको छ । 

तनावकै बीच चिनियाँ जनमुक्ति सेनाले अमेरिकी सभामुखको ताइवान भ्रमणको जवाफ दिन केही सैन्य गतिविधि  सुरु गर्ने बताएको छ। जसअनुसार जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले ताइवान वरिपरि संयुक्त सैन्य गतिविधि गर्ने चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । 

समाचारमा ताइवानको उत्तर, दक्षिणपश्चिम र दक्षिणपूर्वमा नौसैनिक र हवाई संयुक्त अभ्यास गरिने छ। अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक मानिन्छिन् । 

​चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ ।  बेइजिङले  सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी पनि दिँदै आएको छ ।  चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने छ जसले जसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्नेछ । 

यता अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै  चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संल्गन हुन नचाहेको स्पष्ट गरेको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयम् सभामुख पेलोसीको भएको बताएका छन्। उनले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको स्मरण पनि गराएका छन् ।
सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन् ।  बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक  रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ । बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो  स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन् । 

सभामुख पेलोसीले सोमबार सिङ्गापुरबाट एसियाली राष्ट्रको भ्रमण सुरु गर्ने क्रममा ताइवान पुगेकी हुन् ।  चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्