२५ जेठ २०८३, सोमबार

ताइवानमा सैन्य कारबाही गर्ने चीनको धम्की

साउन १७, २०७९
ताइवानमा सैन्य कारबाही गर्ने चीनको धम्की

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पोलोसी आफ्नो भ्रमणका सिलसिलामा मंगलबार साँझ ताइवान पुगेकी छन् । अमेरिकी नेवी र एयरफोर्सका २४ विशेष फाइटर जेटको स्कर्टिङका साथ उनी ताइवान ओर्लिएको समचारमा जनाइएको छ । 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले केही दिन पहिले पोलोसीको प्लेन ताइवानतर्फ गएमा ध्वस्त बनाउने चिनियाँ चेतावनीसहितको समाचार छापेको थियो । चिनियाँ धम्कीको यो क्रम जारी छ। पोलोसी ताइवान पुगेसँगै चीनले ताइवानमा सैन्य कारबाही गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । ग्लोबल टाइम्सले पनि चीन वरीपरी चिनियाँ जनमुक्ति सेनाले सैन्य गतिविधि बढाउने खबर मंगलबार छापेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्