×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

‘गोल्ड मेडलिस्ट’ उपसचिव रंगेहात पक्राउदेखि ताइवान संकटसम्म

साउन १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
चीनको चेतावनीका बीच अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर तनाव उत्पन्न भएको छ । जसले विश्वभरनै चासो उत्पन्न गराएको छ । अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी हुन् । न्यान्सीको भ्रमणपछि चीन अमेरिकासँग चिढिएको छ भने उसले अमेरिकाले ठूलो मूल्य चुकाउने चेतावनी समेत दिएको छ । 

Muktinath Bank

तनावकै बीच चिनियाँ जनमुक्ति सेनाले अमेरिकी सभामुखको ताइवान भ्रमणको जवाफ दिन केही सैन्य गतिविधि  सुरु गर्ने बताएको छ। जसअनुसार जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले ताइवान वरिपरि बुधबारदेखि संयुक्त सैन्य गतिविधि गर्ने चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाचारमा ताइवानको उत्तर, दक्षिणपश्चिम र दक्षिणपूर्वमा नौसैनिक र हवाई संयुक्त अभ्यास गरिने छ। अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक मानिन्छिन् । पेलोसीले बुधबार ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
०००००
चीनले ताइवान कार्ड खेल्न बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘ताइवान कार्ड’ नखेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न आग्रह गरेको हो । साथै ‘गलत तथा खतरनाक बाटोमा नजान’ पनि चीनले अमेरिकालाई सचेत गराएको छ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी  पेलोसीको ताइवान भ्रमणको चिनियाँ विदेश मन्त्रालयले कडा निन्दा गरेको छ र यसलाई ‘एक चीन नीतिको गम्भीर उल्लंघन’ भनेको छ ।  जसले चीन–अमेरिका सम्बन्धको राजनीतिक आधारमा ‘गम्भीर असर’ गर्ने चीनको भनाइ छ । 
सभामुखले भ्रमण गरेर अमेरिकाले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन गरेको समेत चीनले जिकिर गरेको छ । 
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई घुससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पर्यटन व्यवसाय दर्ता गर्ने सम्बन्धमा सेवाग्राहीबाट घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो ।
उनको गाडीमा थप खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरिएको छ ।
००००
पक्राउ परेका पाल्पा स्थायी ठेगाना भएका नेपाल त्रिभुवन विश्वविद्यालयका  ‘गोल्ड मेडलिस्ट’ हुन् । अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन सकेर आठ महिनाअघि मात्रै उनी नेपाल फर्किएर मन्त्रालयको काममा सक्रिय थिए । 
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका छन् । 
त्यस अवसरमा उनले अव मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न आग्रह गरे । प्रधानमन्त्रीले नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न बैठकमा निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
००००
धरान उपमहानगरपालिका प्रमुख  हर्क साम्पाङले २ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । नगर प्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौज गरेको भन्दै मेयर साम्पाङले २ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने दुष्ट उद्देश्य बोकेका वामपन्थीहरूसँग तालमेल नहुने बताएका छन् ।
मंगलवार आयोजित तुलसीलाल अमात्यको स्मृति कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड र माधव नेपालहरूप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरूले गठबन्धन तोडेर आए मात्रै एकता हुनसक्ने दोर्होयाएका हुन् ।
००००
काठमाडौँका तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान भएको हत्यामा ज्यान गुमाएका चारै जनाकाृ शव आफन्तलाई जिम्मा लगाइएको छ । 
उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गएको थियो ।
००००
सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा आज सुनुवाइ सकिएपछि पेसी सुनाउने मिति तय गर्ने निर्णय गरेको हो ।
००००
ललितपुर महानगरपालिकाभित्रको सडकमा नगरपालिकाको सक्रियतामा गरिएको ट्राफिक व्यवस्थापनका सम्बन्धमा नेपाल प्रहरी र महानगरबीच विवाद भएको छ ।  ललितपुरको नख्खु सडक र बखुन्डोलमा सडक जाम हुने समस्या हटाउन महानगरपालिकाले एकतर्फी सवारी आवत जावतको व्यवस्था गरेको र प्रहरीले भने हटाइदिएको कारण विवाद उत्पन्न भएको हो । 
ती ठाउँको सडकमा अत्यधिक जाम हुने समस्या समाधानको लागि सडकलाई एकतर्फी बनाएर समस्या समाधान गरेको तर, प्रहरीले पनि त्यसमा असहयोग गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।
००००
सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै ल्याएको रिट निवेदनलाई दरपीठ गरेको छ ।
सर्वोच्च अदालत प्रशासनले उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति प्रवेश गराएको हुनाले उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको रिट निवेदनलाई दरपीठ गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अंकले ओरालो लागेर दुई हजार १९३.४८ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ओरालो लागेर ४२१.१३ मा ओर्लेको छ ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ । एमालेको आग्रहपछि प्रतिनिधि सभा बैठक आइतवार सम्मको लागि स्थगित गरिएको हो ।
००००
पछिल्लो २४ घण्टामा मुलुकभर ८ सय १४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ५ हजार ४ सय १५ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताए । उनले विप्लव लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन आग्रह गरे । यस्तै माओवादीका केही सांसदले पनि सोही आग्रह गरेका छन् । 
००००
गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायथेथा र सहकारीको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारीका सञ्चालक भागेको भन्दै सहकारी विभागमा ११४५ जनाले उजुरी दिएपछि गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरेर बचतकर्ताको पैसा फिर्ता दिने बताएका हुन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x