३२ असार २०८३, बिहीबार

चीनको एक ट्राभल्स एजेन्सीले नेपालको उपराष्ट्रपति भेटाउने अफर ल्याएपछि...

कात्तिक २०, २०७४
चीनको एक ट्राभल्स एजेन्सीले नेपालको उपराष्ट्रपति भेटाउने अफर ल्याएपछि...
काठमाडौँ, २० पुस – चीनको छेन्दुमा रहेको ताहाल होलिडे नामक ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई जोडेर ‘विच्याट’मार्फत नेपाल भ्रमणसम्बन्धी प्याकेज कार्यक्रम सार्वजनिक गरेकाप्रति उपराष्ट्रपतिको स्वकीय सचिवालयले गम्भीर आपत्ति जनाएको छ ।Nandabahadur-Pun

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले आज एक विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीचको विशिष्ट प्रकारको घनिष्ठ सम्बन्ध जनस्तरसम्म प्रगाढ बन्दै गइरहेको परिस्थितिमा उपराष्ट्रपतिलाई जोडेर गलत प्रचार गरेका बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्न सरकार र काठमाडौँस्थित चिनियाँ दूतावासको ध्यानाकर्षण गराएका छन् ।
उनले यसबारेमा सत्य तथ्य अध्ययन तथा आवश्यक छानबिन गर्न परराष्ट्र मन्त्रालय, चीनको बेइजिङस्थित नेपाली दूतावास र काठमाडौँस्थित चिनियाँ दूतावासको गम्भीर ध्यानाकर्षण गराइसकिएको समेत जनाएका छन् ।
सो ट्रभल्स कम्पनीले आफूमार्फत नेपाल गए नेपालको उपराष्ट्रपतिलाई भेटाउने अफर ल्याएको समाचारहरु सार्वजनिक भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्