×

NMB BANK
NIC ASIA

चौधर नदीको बाढीले सार्कीपार्की गाउँ उच्च जोखिममा

साउन १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चौधर नदीको बाढीले कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँका वासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ ।

Muktinath Bank

नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापनमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी बल र स्थानीय वासिन्दाको सहयोगमा भुलको कच्ची घरलाई बुधवार सुरक्षित स्थानमा सारिएको छ । चुरे क्षेत्रमा रातिका बेला वर्षा हँुदा नदीमा बाढी आउँदा भुलको घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको स्थानीय राजुराम भुलले बताए ।


Advertisment
Nabil box
Kumari

गाउँ जोड्ने सडक समेत बाढीले बगाइदिएको छ ।

Vianet communication
Laxmi Bank

उनका अनुसार बस्तीका ११ परिवार नदीको उच्च जोखिममा रहेका छन् । ४ वटा घर नदीबाट ४ मिटर टाढा मात्रै रहेका छन् । ‘जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लागेका छौं,’ उनले भने, ‘विस्थापनमा परेका परिवार आफन्तको शरणमा बसेका छन् ।’

नदीको बाढीको बहाव घटे पनि जोखिम कायमै रहेको उनले बताए ।

स्थानीय हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बाल विकास केन्द्र नदीले जग्गा कटान गर्दा उच्च जोखिमा परेका छन् ।

जनताको तटबन्ध कार्यालयबाट १ हजार ५०० बोरी ल्याएर नदीमा अस्थायी तटबन्ध निर्माणको कार्य शुुरू गर्ने भने पनि नदीको बहाव उच्च हुँदा अस्थायी तटबन्ध निर्माण अगाडि बढाउन नसकिएको स्थानीय वासिन्दाले बताए ।

नदीको बहाव परिवर्तन गर्नका लागि नगरपालिकाले स्काभेटर पठाउन लागेको जानकारी दिए पनि हालसम्म नपुगेको स्थानीय वासिन्दाको भनाइ छ । ‘सशस्त्र प्रहरीले समेत अस्थायी तटबन्ध निर्माणमा सहयोग गर्ने भनेका छन्,’ स्थानीय रगीले भने, ‘नदीमा पानीको बहाव उच्च भएकाले सशस्त्र प्रहरीको टोली अहिले फिर्ता भएको छ ।’

चुरे क्षेत्रमा पानी पर्दा बस्ती नै सार्नुपर्ने अवस्थामा पुर्‍याएको उल्लेख गर्दै उनले तराईमा ठूलो पानी परे बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

नदीको बाढीले हालसम्म पार्की टोलका धुर्पु पार्की, दिलु ओड, गेडे पार्की, धनगिरी ओड लगायतको ५ बिघा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ । धान, मास, तिल लगायत रोपेको खेतबारी नदीले बगाउँदा स्थानीय वासिन्दा निकै चिन्तित भएका छन् ।

चुरे क्षेत्रमा वर्षा हुन थालेपछि सार्कीपार्की टोलका वासिन्दा रातिका बेला अनिदोमै रात बिताउने गरेका छन् ।

वर्षा हुन थालेपछि नदीमा बढी आउने डरले घर छाडेर बालबालिकासहित सुरक्षित हुनका लागि आफन्त कहाँ शरण माग्न जानुपर्ने बाध्यता रहेको स्थानीय वासिन्दा बताउँछन् । बस्तीमा नदीको बाढी पस्ने भएकाले कटानीसँगै डुबानको समस्या रहेको छ ।

स्थानीय वासिन्दाले बस्ती सुरक्षित गर्नका लागि सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x