
शेयर बजार मापक नेप्से परिसूचक बुधवार ६.७१ अंकले घटेको छ ।
बजार ०.३१ प्रतिशतले घटेर २१८६.७७ विन्दु कायम हुँदा कारोबार रकम ४ अर्ब २ करोड पुगेको छ ।
बजार घटेको भए पनि कारोबार रकम भने उल्लेख्य भएको देखिएको छ ।
बुधवार बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा साम्लिङ पावर कम्पनी छ । यो कम्पनीको शेयर मूल्य बुधवार ९.९९ प्रतिशतले बढेको छ ।
बुधवार कमाउनेमा बलेफिहाइड्रो पनि छ । यसले ९.९७ प्रतिशतले कमाएको छ ।
बुधवार सबैभन्दा बढी गुमाउनेमा भने स्याण्डर्ड चार्टर बैंकका लगानीकर्ता छन् । यसका लगानीकर्ताले बुधवार ३.९२ प्रतिशतले गुमाएका छन् । गुडविल फाइनान्स लिमिटेडले पनि बुधवार धेरै गुमाउनेको सूचीमा छ ।
यसका लगानीकर्ताले पनि ३.४३ प्रतिशतले गुमाएका छन् ।
बुधवार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २१८ कम्पनीको ९५ लाख ४२ हजार कित्ता शेयरको ५७ हजार पटक कारोबार भएको छ । यसबाट बुधवार ४ अर्ब २ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधवार सबैभन्दा बढी रकमको कारोबार गर्नेमा शिवम् सिमेन्ट छ । यसले ३ लाख ८ हजार कित्ता शेयरको २५६ पटक कारोबार गरेको छ । यसबाट कूल २५ करोड ३४ लाख रुपैयाँको कारोबार गरेको छ । यो कारोबार बुधवार नेप्सेमा सूचीकृत कम्पनीले गरेकामध्ये सबैभन्दा बढी रकम हो ।