
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।
इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि निगमले भने मूल्य यथावत राखेको हो ।
निगमले मूल्य घटेर आएपनि कम्पनीलाई घाटा नै रहेको भन्दै मूल्य यथावत राखिएको दावी गरेको छ ।
निगमले नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २(७८ रुपैयाँ नाफा र डिजेलमा ९.३७ रुपैयाँ घाटा रहेको जनाएको छ ।
यस्तै एलपि ग्यास प्रति सिलिण्डरमा ४९९.५७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
निगमले अझै पनि आगामी १५ दिनमा करीब ६३.५८ करोड रुपैयाँ तथा मासिक १ अर्ब २७ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको बताएको छ ।