०३ असार २०८३, बुधबार

नयाँ शक्तिमा यसरी बन्यो माओवादीसँग नजिकिने वातावरण

कात्तिक २०, २०७४
नयाँ शक्तिमा यसरी बन्यो  माओवादीसँग नजिकिने वातावरण

काठमाडौँ, १३ साउन- नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गएको छ । संघीय परिषद्मा बोल्ने नेताहरूले एजेन्डा मिल्ने पार्टीसँग कार्यगत एकता गर्नुपर्ने भन्दै माओवादीसँग नजिक हुनुपर्ने धारणा राखेका छन् ।nayasaktiसंघीय परिषद्मा बोल्ने ७० मध्ये अधिकांशले एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जानुपर्ने धारणा राखेको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए । नेताहरूले माक्र्सवादी विचारलाई थप सुदृढ गर्दै एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए । संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि पूर्वमाओवादीहरू माओवादी केन्द्रसँग नजिकिन थालेका छन्, नयाँ पत्रिकामा वीरेन्द्र ओलीले समाचार लेखेका छन् ।


यसरी बन्यो माओवादीसँग नजिकिने वातावरण
संघीय फोरमसँग नयाँ शक्तिले गर्ने भनिएको एकता नेतृत्वका विषयमा कुरा नमिल्दा भाँडिएको थियो । फोरमसँगको एकता तोेडिएपछि माओवादी पृष्ठभूमिका नेताहरू एजेन्डा मिल्नेसँग एकता गर्ने भन्दै माओवादीसँग नजिकन थालेका छन् । फोरमसँग आधारभूत सैद्धान्तिक विषयमा सहमति भए पनि नेतृत्वको विवादले एकता भाँडिएको थियो । पार्टीको झन्डा, निर्वाचन चिह्न र पार्टीको नामका विषयमा मिल्न सक्ने देखिएको थियो । तर, उपेन्द्र यादवले आफ्नो नेतृत्वमा भए मात्र एकता हुने भनेपछि नेतृत्वमा कुरा नमिलेको हो । नयाँ शक्तिभित्र पनि यादवको नेतृत्वमा नजान पूर्वमाओवादीहरूले चर्को दबाब दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्