गौर, १३ साउन– जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले एक किलो सुनसहित रौतहट सदरमुकाम गौरबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौर नगरपालिका बडानम्बर ५ का दिननाथ गुप्ता र बडा नम्बर ७ का सरोज राय यादव छन् ।
विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ परिएको प्रहरीले जनाएको छ । सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा केही खुलेको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।