×

NMB BANK

चीन-ताइवान तनाव

ताइवान संकटको चौथो संस्करण– युद्धमै परिणत होला चिनियाँ सैन्य अभ्यास ?

साउन २०, २०७९

NTC
Sarbottam
Photo : China Daily
Premier Steels
Marvel

अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान वरपर लगातार युद्धाभ्यास गरिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

ताइवानमा उठेका स्वतन्त्रता (अलग राष्ट्र बनाउने) स्वरहरूलाई क्रमशः दबाउँदै जाने रणनीतिअन्तर्गत चीनले शक्तिप्रदर्शन गरिरहेको हो । बिहीवार (४ जुलाई) देखि आइतवार (७ जुलाई) सम्म अभ्यास गरिने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसक्रममा लाइभ फायर अभ्यास पनि गरिएको छ । लाइभ फायर भनेको लगभग युद्धकै जस्तो स्थितिमा गरिने गोलीगट्ठा र क्षेप्यास्त्र प्रहार हो । शत्रुमाथि सटीक निशाना लगाउनका लागि यो अभ्यास गरिन्छ । अहिलेसम्म गरिएको अभ्यास सफल भएको चिनियाँ सेनाले जनाएको छ ।


Advertisment
SBL

ताइवानबाट जम्मा १२ माइल टाढाको क्षेत्रलाई समेत चिनियाँ अभ्यासले समेटेको छ । त्यति मात्र नभई चीनका जलसैन्य जहाज र वायुसेनाका विमानले ताइवान जलसन्धिको मध्यरेखा (मिडियन लाइन)लाई पनि शुक्रवार (५ जुलाई) बिहान पार गरेको बताइएको छ । उक्त मिडियन लाइन ताइवान र चीनबीचको अनौपचारिक सीमारेखा हो ।

Vianet communication
Laxmi Bank

अझ, ताइवानको आकाशमाथिबाट क्षेप्यास्त्र प्रहार गरिएको दाबी समेत चीनले गरेको छ । तीमध्ये पाँचवटा क्षेप्यास्त्र जापानको आर्थिक जलक्षेत्रमा समेत खसेपछि जापानले त्यसको विरोध गरेको छ । 

यसअघि ताइवान जलसन्धि (स्ट्रेट) मा चीनले क्षेप्यास्त्र प्रहार गर्ने गरेको भए पनि अहिले ताइवानको हवाइक्षेत्र हुँदै क्षेप्यास्त्र प्रक्षेपण गर्नु निकै महत्त्वपूर्ण रणनीतिक विकास हो । यसले अहिलेको तनावलाई युद्धको स्तरमा समेत पुर्‍याउन सक्ने आशंका विभिन्न विश्लेषकहरूले गरेका छन् । 

चीनले ताइवानको विषयमा देखाएको गम्भीरता डोङफङ वा डीएफ–१७ क्षेप्यास्त्रको उपयोगले पनि सिद्ध गर्छ । ती अत्याधुनिक क्षेप्यास्त्रमा हाइपरसोनिक ग्लाइडर वारहेडहरू जडान गरिएको छ । त्यसमा आणविक हतियार समेत राख्न मिल्छ तर यस अभ्यासमा गैरआणविक हतियार उपयोग गरिएको चिनियाँ सञ्चारमाध्यमको भनाइ छ । हाइपरसोनिक क्षेप्यास्त्रलाई शत्रुको हवाई प्रतिरक्षा प्रणालीले रोक्न सक्दैन ।  

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार, यी अभूतपूर्व अभ्यासहरूमा लामो दूरीको रकेट आर्टिलरी, जहाजनिरोधी ब्यालिस्टिक क्षेप्यास्त्र, गोप्य तरिकाले उड्न सक्ने (स्टेल्थ) लडाकू विमान र आणविक ऊर्जाबाट चल्ने पनडुब्बीसहितको विमानवाहक युद्धपोत समूह पनि उपयोग गरिएको छ । अभ्यासका क्रममा ताइवानलाई मुख्यभूमिसँग पुनरेकीकरण गर्नका लागि चलाइने सैन्य कारवाहीलाई प्रतिविम्बित गर्ने यथार्थवादी रणनीति समेत अपनाइएको बताइएको छ । 

चिनियाँ सेनाले प्रहार गरेका सबै क्षेप्यास्त्रले तारोमा सटीक निशाना लगाएको ग्लोबल टाइम्स लेख्छ । शत्रुलाई ताइवान क्षेत्रमा हस्तक्षेप गर्नबाट रोक्ने एरिया डिनायल क्षमता चिनियाँ सेनाले प्राप्त गरिसकेको विज्ञलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

चीनले ताइवानको विषयमा देखाएको गम्भीरता डोङफङ वा डीएफ–१७ क्षेप्यास्त्रको उपयोगले पनि सिद्ध गर्छ । ती अत्याधुनिक क्षेप्यास्त्रमा हाइपरसोनिक ग्लाइडर वारहेडहरू जडान गरिएको छ । त्यसमा आणविक हतियार समेत राख्न मिल्छ तर यस अभ्यासमा गैरआणविक हतियार उपयोग गरिएको चिनियाँ सञ्चारमाध्यमको भनाइ छ । हाइपरसोनिक क्षेप्यास्त्रलाई शत्रुको हवाई प्रतिरक्षा प्रणालीले रोक्न सक्दैन ।  

यी हतियारहरूमार्फत चीनले चाहेमा ताइवानलाई पूर्ण नाकाबन्दी गर्न सक्ने प्रमाणित भएको सैन्य विश्लेषकहरू बताउँछन् । तर अब चीनले अहिलेको स्थितिलाई अघि बढाउँछ कि सामान्यीकरणको दिशामा लैजान्छ भन्ने महत्त्वपूर्ण कुरा हो । 

अमेरिकी सैन्य विश्लेषक स्टक रिटरका अनुसार, अहिलेको परिदृश्यमा दुईवटा सम्भावना देखिन्छन् । पहिलो, चीनले सैन्यशक्ति प्रदर्शनमार्फत ताइवानलाई कठोर सन्देश दिएर चित्त बुझाउँछ अनि अभ्यास सकिएपछि चिनियाँ सैनिकहरू आफ्नो ब्यारेकमा फर्किन्छन् । दोस्रो, चीन सरकारले लक्ष्मणरेखा उल्लंघन भइसकेको भन्दै आफ्नो सेनालाई लाइभ फायर अभ्यासबाट वास्तविक आक्रमणतर्फ मोड्न आदेश दिन्छ । 

चीनले यी दुईमध्ये कुन विकल्प रोज्ला भन्ने प्रश्नको जवाफ यसअघि ताइवान जलसन्धिमा आएका संकटको अध्ययनले दिन सक्छ । 

ताइवानमा अहिले आएको संकट विगत ७० वर्षमा चौथो घटना हो । सन् १९५४, १९५८ र १९९६ मा यस्तै किसिमका संकट आइसकेका थिए । 

पहिलो द्वन्द्व कोरियाली युद्ध सकिएलगत्तै आएको थियो । त्यतिखेर अमेरिकाको आइजनहावर प्रशासनले चीनबाट भागेर ताइवानमा शासन चलाइरहेका नेसनलिस्ट पार्टीका अध्यक्ष च्याङ काई–शेकसँग पारस्परिक रक्षा सन्धि गर्न खोज्दा बेइजिङले त्यसलाई रोक्न कोशिश गरेको थियो । सैन्यशक्ति प्रदर्शनमार्फत त्यसलाई रोक्न चीनले कोशिश गरेको भए पनि अमेरिका र ताइवानबीच रक्षा सन्धि भएको थियो ।

सन् १९५८ मा दोस्रो संकट आइलाग्दा चिनियाँ सेनाले किनमेन र मात्सु टापुमा व्यापक गोलीबारी गरेको थियो । ताइवानलाई नेसनलिस्ट पार्टीको शासनबाट मुक्त गराउने अनि अमेरिकाले ताइवानको सहायताका लागि कस्तो कदम चाल्छ भनी जाँच्ने चीनको उद्देश्य थियो । 

अमेरिकी सेनाले त्यतिखेर चीनविरुद्ध आणविक बम प्रहार गर्न खोजेको भए पनि राष्ट्रपति आइजनहावरले त्यसलाई अस्वीकार गरे । ताइवानको डोङडिङ टापुमा जलसेना भिडन्त पनि भएको थियो । त्यतिखेर ताइवानको जलसेनाले चिनियाँ जलसेनालाई टापुमा अवतरण गर्न रोकेको थियो ।

त्यसपछि सन् १९७९ सम्म चिनियाँ सेना र ताइवानी सेनाले एकअर्काविरुद्ध दुई दिनको अन्तरमा गोलीबारी गर्ने गरेका थिए जसरी भारत र पाकिस्तानले एलओसीमा गर्ने गर्छन् । यसरी एकअर्कामाथि प्रहार गरेर उनीहरू भिडन्तमा आफू हावी भएको आत्मसन्तुष्टि लिने गर्थे ।

ताइवान जलसन्धिमा तेस्रो संकट सन् १९९५ मा शुरू भएको थियो । त्यतिखेर ताइवानका तत्कालीन राष्ट्रपति ली तङ–हुई आफूले पहिला पढेको अमेरिकाको कोर्नेल विश्वविद्यालय पुगेका थिए । त्यहाँ उनले ताइवानको लोकतान्त्रिक प्रक्रियाका विषयमा सम्बोधन गरेका थिए ।

उनको भ्रमणका विषयमा अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन अनिच्छुक भए पनि अमेरिकी संसद्ले लीको भ्रमणलाई समर्थन गरेपछि मान्न क्लिन्टन बाध्य भएका थिए ।

लीलाई अमेरिका भ्रमण गराएर क्लिन्टन प्रशासनले एक चीन नीति उल्लंघन गरेको आरोप चीनले लगाएको थियो । अनि आक्रोशित भएको चीनले महिनौंसम्म (१९९६ को मार्चसम्म) ताइवान नजिक सैन्य अभ्यास गरेको थियो । 

त्यसक्रममा ताइवानको जलक्षेत्र नजिकै चिनियाँ सेनाले क्षेप्यास्त्र प्रहार गरेको थियो । ताइवानको नियन्त्रणमा रहेका साना टापु चीनले हात पार्ने आशंका त्यतिखेर गरिएको थियो । 

सैन्य अभ्यासमार्फत लीलाई पुनर्निर्वाचित हुनबाट रोक्ने चीनको उद्देश्य थियो तर ऊ त्यसमा सफल भएन । ली पहिलेको भन्दा बढी मत ल्याएर विजयी भए । त्यतिखेर चीन आफ्नो आक्रोश निल्न बाध्य भएको थियो । 

अनि त्यतिखेर चीनमा तुलनात्मक रूपमा उदार मानिने च्याङ चमिन राष्ट्रपति थिए । उनले आर्थिक प्रगति गरिरहेको चीनलाई युद्धमा होम्नु ठीक नहुने निष्कर्ष निकालेका थिए । पछि चीन र अमेरिकाको सम्बन्ध स्थिर भएपछि च्याङले सन् १९९७ मा अमेरिकाको भ्रमण समेत गरेका थिए ।

तर अहिलेको चौथो ताइवान जलसन्धि अभ्यास पहिलेको भन्दा खतरनाक देखिँदैछ । चीन अब आर्थिक प्रगतिको शिखरमा पुगी विश्वको दोस्रो अर्थतन्त्र बनिसकेको छ । उसको सैन्यशक्तिमा समेत वृद्धि भएकाले अमेरिकाले उसलाई समकक्षी प्रतिद्वन्द्वीका रूपमा लिन थालेको छ । 

अनि त्यसमाथि चीनका बहालवाला राष्ट्रपति सी चिनपिङ आफ्ना पूर्ववर्तीहरूभन्दा अनुदार छन् । चीन राष्ट्रको पुनर्जागरणको लक्ष्य लिएका सीले लज्जाको शताब्दी भन्दा अघिको जस्तो चीनको क्षेत्रीय प्रभुत्व कायम गराउन खोजेका छन् । ताइवानलाई चीनसँग पुनरेकीकरण गराउनु उक्त लक्ष्यप्राप्तिको महत्त्वपूर्ण खुड्किला हो । 

अनि पहिलेका तीनवटा संकटको तुलनमा चीनसँग अहिले बढी शक्तिशाली सेना छ । उससँग भएका तीनवटा विमानवाहक युद्धपोतमध्ये दुईवटा उसले ताइवानतर्फ पठाएको बताइन्छ । आफ्नो शक्ति संसारलाई देखाउन उससँग पर्याप्त हातहतियार छन् तर उसले ताइवानमाथि तत्कालै आक्रमण गरेर शक्ति स्थापित गर्छ कि गर्दैन भन्ने महत्त्वपूर्ण प्रश्न हो । 

चीनले ताइवानमाथि आक्रमण गरेर झ्यापझुप विजय पाउन सहज नरहेको विश्लेषकहरू बताउँछन् । अमेरिकी प्राध्यापक माइकल बेक्लीको पुस्तक ‘अनराइभल्ड’ मा ताइवान युद्धको परिदृश्यको कल्पना गरिएको छ र त्यसमा चीनलाई सहज नहुने स्पष्ट पारिएको छ । 

त्यस्तै रुसी सैन्य तथा राजनीतिक विश्लेषक जर्मन कुलिकोभ्स्कीले ताइवानभन्दा चीनको सेना कैयौं गुणा बलियो भए पनि ताइवानलाई अमेरिकाले हातहतियार तथा गोप्य सूचना उपलब्ध गराउने भएकाले चीनलाई ताइवानको भूमिमा पुगेर आक्रमण गर्न गाह्रो हुने बताएका छन् । 

ताइवानको यस्तो रणनीति तथा अमेरिकाले उसलाई व्यापक रूपमा हातहतियार सहयोग गरिरहनका लागि प्रयास गरेको सन्दर्भमा चिनियाँ आक्रमणको सम्भावना न्यून देखिन्छ । तर ताइवान र अमेरिकालाई गतिलो पाठ सिकाउन चिनियाँ राष्ट्रपति असफल भएमा आउँदै गरेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनमा सीलाई अप्ठ्यारो स्थिति पर्न सक्छ । 

ताइवानका सेनाप्रमुख ली ह्सी–मिङले चिनियाँ आक्रमण रोक्नका लागि दुम्सी रणनीति (पोर्कुपाइन स्ट्राटेजी) सन् २०१७ मा ल्याएका थिए । दुम्सीलाई शिकारी भगाउन उसभन्दा ठूलो वा बलियो हुन आवश्यक छैन । उसले आफूसँग भएका तीखा काँडाले नै शिकारी भगाउने हो । 

त्यही रणनीतिअनुसार, ट्यांक, युद्धपोत र पनडुब्बी जस्ता ठूला हतियार भन्दा पनि बोकेर हिँड्न मिल्ने र लुकाउन पनि सहज हुने जेभलिन वा स्टिंगर क्षेप्यास्त्रमा ताइवानले जोड दिने लीले बनाएको रणनीतिको मियो हो । रुसी सैनिकहरूलाई सहज विजय दिलाउनबाट रोक्नका लागि युक्रेनी सेनाले यिनै क्षेप्यास्त्र उपयोग गरिरहेको छ । 

ताइवानको यस्तो रणनीति तथा अमेरिकाले उसलाई व्यापक रूपमा हातहतियार सहयोग गरिरहनका लागि प्रयास गरेको सन्दर्भमा चिनियाँ आक्रमणको सम्भावना न्यून देखिन्छ । तर ताइवान र अमेरिकालाई गतिलो पाठ सिकाउन चिनियाँ राष्ट्रपति असफल भएमा आउँदै गरेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनमा सीलाई अप्ठ्यारो स्थिति पर्न सक्छ । 

त्यसैले सीले युद्धेतर कुनै उपाय अपनाएर ताइवान र अमेरिकालाई दण्डित गर्न सक्छन् । त्यो भनेको आर्थिक उपाय नै हो । यसरी हेर्दा ताइवान जलसन्धिमा चिनियाँ सेनाले अहिले गरिरहेको अभ्यास पहिलेका तीनवटा संकटमा जस्तै टुंगिने सम्भावना प्रबल छ । तर युद्धेतर उपायका साथ ताइवानलाई पुनरेकीकरण गर्ने चीनको सपनालाई अमेरिकाको पछिल्लो कदमले केही पर धकेलिदिएको भन्न सकिन्छ । 


 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

कात्तिक २३, २०८०

मंगलवार सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकको एजेण्डालाई लिएर अहिले चौतर्फी बहस भइरहेको छ । ‘१२ बुँदे सम्झौता पक्षीय’ नेताहरूको निर्णय र निष्कर्ष थियो, ‘गणतन्त्रमाथि भएको प्रहारवि...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

फागुन २२, २०८०

वि.सं. २०७९ पुस १० गते गठन भएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफ्नो प्राथमिकता तोक्यो– सुशासन, सामाजिक न्याय र समृद्धि । सोही मार्गचित्रका आधारमा सरकार अगाडि बढ्दै जाँदा सत्तागठबन्धन दलहरूबीच कार्यन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

x