०८ साउन २०८३, शुक्रबार

सशस्त्र प्रहरीले गर्‍यो २४० किलो गाँजा बरामद

सशस्त्र प्रहरीले गर्‍यो २४० किलो गाँजा बरामद

सश्स्त्र प्रहरी बलले पर्सामा २४० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोषकुमार बस्नेतले बहुदरमाई नगरपालिका–७ विश्रामपुर छप्कैयाबाट गाँजा बरामद गरिएको जानकारी दिए ।

बाल निकेतन इङ्गलिस बोर्डिङ स्कूलको पुरानो भवन पछाडि झाँडीमा हरियो घाँस र कर्कलोको पातले प्रतिबन्धित लागूऔषध गाँजा लुकाइछिपाई राखेको सूचनाका आधारमा गणबाट खटिएको ७ जनाको टोलीले गाँजा बरामद गरेको हो ।

सशस्त्रको टोलीले गाँजालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्