२३ असार २०८३, मंगलबार

माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा, फेस्टिभलको उद्घाटन गर्ने

माओवादी अध्यक्ष प्रचण्ड जापान भ्रमणमा, फेस्टिभलको उद्घाटन गर्ने
फाइल फोटो

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५ दिने जापान भ्रमणका सिलसिलामा शनिवार बिहान टोकियो पुगेका छन् ।

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड शुक्रवार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष दाहालले शनिवार जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डले आइतवार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । घटना भएको ७५ वर्ष पूरा भएको छ ।
 
उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतवार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाएका छन् ।

जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्