२० असार २०८३, शनिबार

अस्ट्रेलिया भ्रमणबाट प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

अस्ट्रेलिया भ्रमणबाट प्रधानसेनापति शर्मा स्वदेश फिर्ता
फाइल फोटो

अस्ट्रेलिया भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् ।

साउन ९ गतेदेखि ११ गतेसम्म अस्ट्रेलियाको सिड्नीमा आयोजित सम्मेलनमा सहभागी भएर शर्मा शुक्रवार स्वदेश फर्किएका हुन् ।

सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए । स्वागतमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति थियो ।

सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयमा भएका छलफल तथा अन्तर्क्रियामा सहभागी भएका सेनाले जनाएको छ ।

छलफल तथा अन्तर्क्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्