×

NMB BANK
NIC ASIA

जापान भ्रमणले आर्थिक सहयोगको क्षेत्रलाई विस्तार गर्न वातावरण बन्छ : प्रचण्ड

साउन २१, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।

Muktinath Bank

५ दिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले शनिवार टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धबारे त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए ।
 
‘उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, २ देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ,’ उनले भने । जापान नेपालको विकासमा दातृ राष्ट्रका रूपमा रहेको औंल्याउँदै उनले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारे अध्ययन गर्ने उनको भनाइ थियो । ‘विभिन्न व्यवसायमा रहेका, विद्यार्थीलाई नेपालका तर्फबाट त्यहाँको सरकार र राजनीतिक दलका तर्फबाट के गर्न उचित हुन्छ भन्नेबारेमा म गहिरोसँग अध्ययन गर्छु,’ उनले भने ।
 
नेपाली जनताले विकास र समृद्धि चाहेको उल्लेख गर्दै उनले वर्तमान सत्ता गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताए । ‘अहिले नेपाली जनताले समग्रमा विकास र समृद्धि खोजेका छन्, राजनीतिक स्थायित्व होस्, राजनीतिक अराजकतातर्फ नजाओस्, र विकासले गति लिओस् भने मुख्य चाहना छ,’ अध्यक्ष दाहालले भने, ‘राजनीतिक नेतृत्व, पार्टी र गठबन्धनले विकास र स्थायित्वका लागि प्रयास गर्नुपर्छ ।’
 
नेपालको विकासका लागि विश्वभर छरिएर रहेका नेपालीको अनुभव, ज्ञान र साधनस्रोतको सुदपयोग गर्नुपर्ने उपदेशले मात्र अब काम नगर्ने जनाउँदै उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको शुरू भएको सन्देश दिन सक्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘स्थायित्व र विकासको नयाँ प्रक्रिया शुरूआत गर्न सकेको खण्डमा छरिएर रहेका सबै नेपालीले आफ्नो अनुभव, सीप र साधनस्रोत नेपालमा प्रयोग गर्नसक्ने अवस्था रहन्छ,’ अध्यक्ष दाहालले भने, ‘विदेश रहेका नेपालीलाई स्वदेश आउनुस् भनेर फर्कने अवस्था हुँदैन, नेपालमा विकास र राजनीतिको आधार बनाउनुपर्छ । जसले गर्दा नेपालीहरू स्वतः आफ्नो ज्ञान, सीप र सम्पत्ति लिएर स्वदेश फर्कने वातावरण बन्छ ।’
 
नागरिकता ऐन संसद्बाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताए ।
 
पूर्व प्रधानमन्त्री प्रचण्डले शनिवार जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कार्यक्रम छ । उनले आइतवार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नेछन् ।

Vianet communication
Laxmi Bank

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । घटना भएको ७५ वर्ष पूरा भएको छ ।
 
अध्यक्ष दाहालले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतवार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनेछन् ।

जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x