०८ साउन २०८३, शुक्रबार

स्वदेशमै रोजगारी उपलब्ध गराउने मन्त्री गहतराजको प्रतिबद्धता

स्वदेशमै रोजगारी उपलब्ध गराउने मन्त्री गहतराजको प्रतिबद्धता

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले आज परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको वैदेशिक रोजगारबाट फर्केका युवाको अवस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम २०७९ को उद्घाटन गर्दै उनले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोगार र उत्पादनमा जोड्न सरकारले प्रयास गरिरहेको बताए । 

सरकारले युवा रोजगारका लागि विभिन्न कार्यक्रम अगाडि सार्दै त्यसका लागि बजेट विनियोजनसमेत गरेको बताउँदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरी ठोस परिणाम दिने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले विभिन्न कार्यक्रम अगाडि ल्याएको बताए । त्यस अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिरहेको बताए । 

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)का निर्देशक अनोज भट्टराईले सीप र प्रविधिसँग जोड्दै विदेशबाट फर्किएका युवालाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताए । 

रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रीय सचिवालय सदस्य काजी थापा, सञ्जालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षाबारे चर्चा गरे । 

salt training

कमेन्ट गर्नुहोस्