०८ साउन २०८३, शुक्रबार

मंसिर ४ को निर्वाचनमा सहभागी हुने बाबुराम नेतृत्वको पार्टीको निर्णय

मंसिर ४ को निर्वाचनमा सहभागी हुने बाबुराम नेतृत्वको पार्टीको निर्णय

डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आम निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको छ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । बैठकले निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको छ ।

 शनिबार विभिन्न राजनीतिक, सांगठनिकलगायतका महत्त्वपूर्ण निर्णयहरू गर्दै बैठक उत्साहपूर्ण रूपमा ललितपुरमा सम्पन्न भएको हो । बैठकले अध्यक्षमा ड। बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई निर्वाचित गरेको छ । त्यस्तै सहध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई निर्वाचित गरेको छ । 

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्