२९ जेठ २०८३, शुक्रबार

चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

साउन २१, २०७९
चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको बैठकमा भाग लिने क्रममा पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखेका छन्। मन्त्री वाङले क्षेत्रीय शान्ति, स्थायित्व र विकासको प्रवर्द्धन गर्ने स्पष्ट उद्देश्यका साथ पूर्वी एशिया शिखर सम्मेलनको स्थापना भएको र यसको केन्द्रियतामा जोड दिनुपर्ने बताए। हालको अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था जटिलताबाट गुज्रिरहेको र अनिश्चितता र अस्थिरताका प्रमुख समस्याहरूमा अल्झिएका छन्, वाङले भने ।

महामारीपछिको आर्थिक पुनरुत्थान सुस्त रहेको, युक्रेन सङ्कटका नकारात्मक प्रभावहरू फैलिएको, ऊर्जा, खाद्यान्न र  आर्थिक समस्याहरू एकपछि अर्को गरी देखापरेको र औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताए । 

महामारीपछिको आर्थिक पुनरुत्थान सुस्त रहेको, युक्रेन सङ्कटका नकारात्मक प्रभावहरू विश्वव्यापीरूपमा फैलिएको छ छन् । त्यसबाट ऊर्जा, खाद्यान्न र वित्तका समस्याहरू एकपछि अर्को गरी देखापरेको र औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताए । 

उनले पूर्वी एशिया शिखर सम्मेलनले सबै पक्षबीच सहमति निर्माण गर्न र चुनौतीहरूलाई सही ढङ्गले सम्बोधन गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा क्षेत्रीय राष्ट्रहरूले गरेको बताए । 

यसैगरी मन्त्री वाङले शिखर सम्मेलनको आगामी विकासका लागि चीनको तीन बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । ती प्रस्तावमा राजनीतिक सुरक्षासम्बन्धी वार्तालाई रचनात्मक ढङ्गले अघि बढाउने, विकास र सहयोगको लागि शिखर सम्मेलन  बलियो बनाउने र जोखिम एवं चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्षमता प्रवर्द्धन गर्ने लगायतका छन्।  

salt training

कमेन्ट गर्नुहोस्