०१ असार २०८३, सोमबार

म्याग्दी, बाग्लुङ लगायत क्षेत्रमा भारी वर्षा, सुरक्षित रहन विभागको आग्रह

म्याग्दी, बाग्लुङ लगायत क्षेत्रमा भारी वर्षा, सुरक्षित रहन विभागको आग्रह
फाइल तस्वीर

म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व तथा रुकुम पश्चिममा भारी वर्षा भएको छ ।

सो क्षेत्रमा शनिवार रातिदेखि नै भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

सो क्षेत्रमा शनिवार राति ११ बजे भारी वर्षा मापन गरिएको भन्दै थप वर्षा हुने पूर्वानुमान गरिएको वभिागको भनाइ छ । 

विभागले सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बाढीको साथै कमजोर भिरालो  जमिनमा पहिरोको जोखिम हुने भन्दै आइतवार बिहानसम्म सुरक्षित रहन आग्रह गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्