१३ असार २०८३, शनिबार

आइएमई लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सम्पन्न गर्‍यो रक्तदान कार्यक्रम

आइएमई लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा सम्पन्न गर्‍यो रक्तदान कार्यक्रम

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा शुक्रवार वृहत रक्तदान कार्यक्रम आयोजना भएको छ ।

मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएको कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले जानकारी दिए ।

उनका अनुसार, कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरू विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो । 

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकका विभिन्न आवश्यकताहरूलाई सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरू प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्