
आज (आइतवार) सप्तकोशी र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सप्तकोशी सहितका नदीहरूमा जलसतह सामान्य घटबढ हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
जलसतह बढ्ने क्रम भोलि (सोमवार)सम्म नै रहन सक्ने विभागको भनाइ छ ।
विभागले सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र कञ्चनपुर आसाप भई बहने ससाना नदीहरूमा बहाव बढ्ने समेत पूर्वानुमान गरेको छ ।