०३ असार २०८३, बुधबार

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

आइतवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम गरिएको थियो । 

आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार १ हजार २०५ रुपैयाँ कायम गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्