
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ताइवान मामिलामा धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । सरकारले अबलम्बन गरेको ‘एक चीन नीति’को पक्षमा दृढतापूर्वक उभिन पनि एमालेले सरकारसँग आग्रह गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ताइवान मामिलामा सरकारको धारणा माग गरेका हुन् ।
‘ताइवानमा जे घटना भइरकेका छन गम्भीर छाँै । सरकारले सधैं अबलम्बन गरेको ‘एक चीन नीति’को पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्छौं । हाम्रो छिमेकीका संवेदनशीलतामाथि खेलबाड गर्न सक्दैनौँ । विश्वशक्तिको लहैलहैमा हामी जान सक्दैनौँ’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, ‘तिब्बत भनौँ, हङकङ भनौँ या ताइवान चीनका अभिन्न अंग हुन, यी आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्ने सरकारको पोजिसन तत्काल सार्वजनिजक गर्न माग गर्छु ।’
चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान प्रकरण चर्केको छ । नेमकिपा सांसद प्रेम सुवालले पनि अमेरिकी सभामुखको ताइवान भ्रमणको नेपालले विरोध गर्नुपर्ने बताएका थिए ।