०४ असार २०८३, बिहीबार

काठमाडौं उपत्यकामा ‘नो हर्न अभियान’ पुनः शुरू

काठमाडौं उपत्यकामा ‘नो हर्न अभियान’ पुनः शुरू

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आइतवारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडि बढाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को उपस्थितिमा आइतवार अभियानको उद्घाटन गरिएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र मेयर बालेनले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर अभियानको उद्घाटन गरेका थिए । 

अभियानमा पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत एक सय विद्यार्थीहरू पनि संलग्न भएका छन् । उनीहरूले ट्राफिक प्रहरीसँगै खटिएर चालक तथा सर्वसाधरणलाई ट्राफिक नियमसम्बन्धी चेतना दिइरहेका छन् । उनीहरू १५ दिनसम्म परिचालित हुने बताइएको छ । 

हर्नले ध्वनी प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले यो अभियान पुनः शुरू गरिएको मेयर बालेनले बताए । 

काठमाडौं उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट ‘नो हर्न’ लागू गरिएको थियो । जसअनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको थियो । तर, बीचमा यस नियमको पालना कम भएपछि ट्राफिक प्रहरीले नो हर्न अभियान पुनः शुरू गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्