
सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि जनमत पार्टी आयोगमा पहिलो नम्बरमा दर्ता भएको हो ।
आयोगले आइतवारदेखि दल दर्ता खुलाएको थियो । आइतवार बिहान जनमत पार्टीका नेताहरू दल दर्ताका लागि निवेदन दिन आयोग पुगेका थिए । पहिलो पटक जनमत पार्टी संसदीय चुनावमा सहभागी हुँदैछ ।
डा.चन्द्रकान्त (सीके)राउतले नेतृत्व गरेको उक्त पार्टी गत स्थानीय चुनावमा सहभागी भएको थियो । राउत सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । यसअघिको निर्वाचनमा उक्त क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।