
सबभन्दा बढी मुनाफा कमाउने कम्पनीहरूको सूचीमा चिनियाँहरूले अमेरिकीहरूलाई उछिनेको फोर्च्युन डट्कमले खबर दिएको छ ।
ग्लोबल ५०० कम्पनीहरूमध्ये चिनियाँ कम्पनीहरूले कुल मुनाफाको ३१ प्रतिशत भाग ओगटेका हुन् ।
चीनका विशाल ऊर्जा कम्पनीहरू स्टेट ग्रिड, चाइना नेसनल पेट्रोलियम र साइनोपेक शीर्ष ५ स्थानमा छन् ।
पहिलो स्थानमा अमेरिकी कम्पनी वालमार्ट छ । ऊ विगत नौ वर्षदेखि लगातार पहिलो स्थानमा छ । दोस्रो स्थानमा अमेजन छ ।
फोर्च्युन ग्लोबल ५०० कम्पनीहरूको औसत बिक्री ३७० खर्ब डलर छ । अघिल्लो वर्षको तुलनामा यो १९ प्रतिशतको वृद्धि हो । सूची जारी गर्न थालेदेखिको यो उच्चतम वार्षिक वृद्धि दर हो ।
सन् २०२१ मा संसारका विशालतम कम्पनीहरूले कीर्तिमान मुनाफा कमाएका छन् । तर सन् २०२२ मा भएको रुस–युक्रेन द्वन्द्वले यी कम्पनीहरूको व्यापारमा केही असर पारेको फोर्च्युन लेख्छ ।