०२ असार २०८३, मंगलबार

कोभिडका कारण बाइडन अझै आइसोलेसनमा

साउन २२, २०७९
कोभिडका कारण बाइडन अझै आइसोलेसनमा
Susan Walsh/The Associated Press

अमेरिकाका राष्ट्रपति जो बाइडन शनिवार कोभिड नेगेटिभ भए पनि अझै आइसोलेसनमा बसिरहेको ह्वाइट हाउसका चिकित्सक डा केभिन ओ कोन्नोरले बताएका छन् । 

बाइडनलाई सानो समयको अन्तरमा दोस्रोपटक कोभिड लागेको हो । दोहोरिएर लागेको कोभिडको नेगेटिभ रिजल्ट दोस्रोपटक आएपछि मात्र आइसोलेसनबाट राष्ट्रपतिलाई झिकिने चिकित्सकले बताए । त्यो अवधिभर उनलाई निगरानीमा राखिनेछ । 

‘राष्ट्रपतिले राम्रो अनुभव गरिरहनुभएको छ,’ ओ कोन्नोरले बताए । 

बाइडन पहिलोपटक जुलाई २१ मा कोभिड पोजिटिभ भएका थिए । उनले सबै चरणको खोप लिइसकेका छन् र बूस्टर डोज पनि दुईपटक लिएका छन् । 

आइसोलेसनमै बसेर उनले पाँच दिन काम गरेका थिए । उनलाई हलुका खोकी र जिउ दुखेको अनुभव भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्