०४ साउन २०८३, सोमबार

पर्वतारोहण संघमा चुनाव : धमाधम उम्मेदवारी घोषणा

कात्तिक २०, २०७४
पर्वतारोहण संघमा चुनाव : धमाधम उम्मेदवारी घोषणा
काठमाडौं, १३ साउन– नेपाल पर्वतारोहण संघ (एनएमए) को अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ ।
नयाँ नेतृत्वका चयनका लागि आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

सहमतीय नेतृत्वका लागि पटकपटक विभिन्न राजनीतिक दलमा आस्था राख्ने व्यवसायीहरुमा संगठनहरु राजी नहुने भएपछि सबैले आ–आफ्नै किसमले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

नेपाली कांग्रेस निकट व्यवसायीहरु छाता संगठन संस्था नेपाल पर्यटन व्यवसायी संघ (निट)ले स्वतन्त्र उम्मेदवार जिम्बाजाङ्बु शेर्पालाई समर्थन गर्ने अनौपचारिक सहमति भएको छ ।

व्यवसायी दीपक महतकाअनुसार माओवादी केन्द्रनिकट व्यवसायीहरुसँग समति भए काँग्रेस माओवादीको साँझा गठबन्धन समेत बन्न सक्नेछ ।

नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संगठनले निमी शेर्पालाई अध्यक्षको उम्मेद्वारका रुपमा उठाउने निर्णय गरेको छ ।

नेकपा एमाले निकट व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सन्तवीर लामालाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत व्यवसायीको पेशागत संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) चुनाव साउन २१ गते हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्